वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन एभरेष्टद्धारा एकै पटक उत्कृष्ट १६ जना कर्मचारी सम्मानीत

अर्थलगानी
२०८० पुष २२, आईतवार

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान र पुरस्कृत गरेको छ । ललितपुरको पुल्चोक स्थित एक होटलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी व्यावासायिक लक्ष्य हासिल गर्न सफल कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।

समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति थियो । नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनीको प्रायः सबै आर्थिक सुचांङ्कहरु प्रगति उन्मुख रहेका छन् ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई संधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे । समरोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना थापाले यस्ता कार्यक्रमबाट आफूहरु अझ उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्य दिए भने कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा अझ बढि योगदान प्राप्त हुने अपेक्षा रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान र पुरस्कृत गरेको छ । ललितपुरको पुल्चोक स्थित एक होटलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी व्यावासायिक लक्ष्य हासिल गर्न सफल कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो । समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति थियो । नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनीको प्रायः सबै आर्थिक सुचांङ्कहरु प्रगति उन्मुख रहेका छन् । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई संधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे । समरोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना थापाले यस्ता कार्यक्रमबाट आफूहरु अझ उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्य दिए भने कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा अझ बढि योगदान प्राप्त हुने अपेक्षा रहेको बताए ।