वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्त क्षेत्रको समस्या समाधानको लागि राष्ट्र बैंकले गर्याे सार्वजनीक सुझाव आह्वान

अर्थलगानी
२०७९ चैत्र १९, आईतवार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव माग गरेको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न गठन गरेको समितिले सुझव माग गरेको हो ।

समितिले अध्ययन कार्य प्रारम्भ गरेको जानकारी दिदै यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव दिन आग्रह गरेको हो । समितिले [email protected] मा ईमेल गरेर २०८० बैशाख २० गते भित्र सुझाव पठाई सहयोग गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । अध्ययन समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्त बैंकर्स संघको एक जना प्रतिनिधी सदस्य छन्। समितिमा आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ।

समितिलाई लघु वित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनु पर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरि ६ महिना भित्र सुझाव दिने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव माग गरेको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न गठन गरेको समितिले सुझव माग गरेको हो । समितिले अध्ययन कार्य प्रारम्भ गरेको जानकारी दिदै यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव दिन आग्रह गरेको हो । समितिले [email protected] मा ईमेल गरेर २०८० बैशाख २० गते भित्र सुझाव पठाई सहयोग गर्न आग्रह गरेको हो । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । अध्ययन समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्त बैंकर्स संघको एक जना प्रतिनिधी सदस्य छन्। समितिमा आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ। समितिलाई लघु वित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनु पर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरि ६ महिना भित्र सुझाव दिने जिम्मेवारी दिइएको छ ।