काठमाडौँ। आज सोमबार नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो।
आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ९९ हजार ५२४ पटक किनबेच हुँदा रु ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको छ।
सेयर बजारमा ६ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । सिगटि हाईड्रो पावर इर्नजि प्रा.ली, मूक्तिनाथ कृषि कम्पनि ली, नेपाल वेयर हाउजिङ प्रा. लि , हिमालयन रिइन्सूरेन्स प्रा.लि, मोदी इनर्जी लिमिटेड र त्रिशूली हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।
प्रतिक्रिया