काठमाडौँ। नेप्सेमा सोमबार (पुस २३ गते) सिटिजन्स बैंकको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र सूचीकृत भएको छ । यस बैंकले गत असोज १७ गतेदेखि असोज २२ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो । यस ऋणपत्रमा वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । यसलाई नेप्सेले ‘सीआइजेटबीडी ९०’ संकेत प्रदान गरेको छ ।
प्रतिक्रिया