काठमाडौँ। विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको संस्थापक समूहको १५ लाख कित्ता शेयर बिक्रि गर्न लागेको छ। प्रति कित्ता न्यूनतम मूल्य रु.३२५ रुपैयाँ तय भएको जानकारी गराउँदै बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले इच्छुक लगानीकर्तालाई आवेदन दिन आग्रह गरेको हो।
आजको मितिले पैतिस दिनभित्र अर्थात माघ २९ गते कार्यालय समयमा प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो विवरणसहित आवेदन दिन बिक्रि प्रबन्धकले आग्रह गरेको छ।
यो शेयरमा विद्यमान संस्थापकहरुले मात्रै किन्न पाउँछन। बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्तासम्मको लागि आवेदन दिन मिल्ने क्यापिटलले जनाएको छ।
प्रतिक्रिया