वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालेनको अर्काे फड्को, ३० वटा वडामा इ–शिफारिस सेवा सुरु

अर्थलगानी
२०७९ चैत्र १९, आईतवार

काठमाडौँ । एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई शिफारिस काठमाडौँ महानगरपालिकाका ३० वटा वडामा सुरु भएको छ । वडा नं. १३ र ३२ मा प्रणाली सुरु भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा आवद्ध हुनेछन् ।
अहिलेसम्मको प्रगति अद्यावधिक गराउँदै सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘सेवाग्राहीले प्रणाली चलाउन थालेपछि नतिजा आउने हो । यसैले अवको आवश्यकता भनेको लाभग्राहीलाई प्रणालीमा अभ्यस्त गराउनु हो ।’ यो प्रणालीमा इ—शिफारिस, दर्ता चलानी लगायत सेवा छन् ।
प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको लोगो भएको केएमसी मोवाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्नुहुन्छ । मोवाइल एप्लिेकसनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई शिफारिस काठमाडौँ महानगरपालिकाका ३० वटा वडामा सुरु भएको छ । वडा नं. १३ र ३२ मा प्रणाली सुरु भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा आवद्ध हुनेछन् । अहिलेसम्मको प्रगति अद्यावधिक गराउँदै सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘सेवाग्राहीले प्रणाली चलाउन थालेपछि नतिजा आउने हो । यसैले अवको आवश्यकता भनेको लाभग्राहीलाई प्रणालीमा अभ्यस्त गराउनु हो ।’ यो प्रणालीमा इ—शिफारिस, दर्ता चलानी लगायत सेवा छन् । प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको लोगो भएको केएमसी मोवाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्नुहुन्छ । मोवाइल एप्लिेकसनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुन्छ ।