वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीइओमा बाबुराम शर्मा नियुक्त

अर्थलगानी
२०८० पुष २४, मंगलवार

काठमाडौँ। आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बाबुराम शर्मा नियुक्त भएका छन्।

भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रुपमा साढे तीन वर्ष अगाडि कम्पनी प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले महाप्रबन्धकबाट सीइओमा बढुवा गर्ने निर्णय गरेको हो। डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए।

पछि फाइनान्स बैंकसँग मर्ज भएपछि बैंक हुँदै ४ वर्ष आइएमई मोटर्स वीरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन्। सरकारी जागीर छोडेर बैंकिङ सेवातिर लागेका उनले बैंकिङ र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन्।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट इएमबीए समेत गरेका छन्। आइएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो।

३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्बभन्दा बढी लगानी गरेको जनाएको छ। लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आइपीओ समेत निस्कासन गर्ने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बाबुराम शर्मा नियुक्त भएका छन्। भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रुपमा साढे तीन वर्ष अगाडि कम्पनी प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले महाप्रबन्धकबाट सीइओमा बढुवा गर्ने निर्णय गरेको हो। डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए। पछि फाइनान्स बैंकसँग मर्ज भएपछि बैंक हुँदै ४ वर्ष आइएमई मोटर्स वीरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन्। सरकारी जागीर छोडेर बैंकिङ सेवातिर लागेका उनले बैंकिङ र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट इएमबीए समेत गरेका छन्। आइएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो। ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्बभन्दा बढी लगानी गरेको जनाएको छ। लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आइपीओ समेत निस्कासन गर्ने तयारी रहेको बताइएको छ।