काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिममिटेडको वार्षिक साधारणसभा भोली पुस २५ गते बुधबार हुने भएको छ। क्यापिटलले आफ्नो ११औं वार्षिक साधारण सभा क्यापिटलकै सभाहल लाजिम्पाटमा बिहान साढे १० बजेदेखि सुरु गर्न लागेको हो।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै हकप्रद निष्कासन प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ।
सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
प्रतिक्रिया