काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसनले कुल १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस कर्पोरेसनको बुधबार (पुस २५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
साल्ट ट्रेडिङको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ। आघिल्लो वर्ष यसले १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद वितरण गरेको थियो।
प्रतिक्रिया