काठमाडौँ। आज बिहिबार सेयर बजार ०.६२ अंकले घटेको छ। शेयर बजार ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३०७ कम्पनीको ७९ हजार ३ सय ८९ पटक भएको कारोबारमा २ करोड २१ लाख ३२ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ।
यसदिन १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको ओरालो लागेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
शेयर बजारमा गिरावट आउदा पनि कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, मध्य सोलु हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेड र हिमालयन पुनर्बीमा लिमिटेडको सेयरमा आज सर्किट लागेको हो ।
प्रतिक्रिया