काठमाडौँ। एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको आज आइतबार (पुस २९ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अब नियामक बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई १० प्रतिशर बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया