वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपर तामाकोशीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० पुष २९, आईतवार

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामीमा आवेदन दिने आज (पुस २९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको र आज यसमा आवेदन दिने अन्तिम दिन रहेकोले छुटेका वा उत्सुक हुने लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामीमा आवेदन दिने आज (पुस २९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको र आज यसमा आवेदन दिने अन्तिम दिन रहेकोले छुटेका वा उत्सुक हुने लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्ने छन् । कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।