काठमाडौँ । “एनआईबिएल स्टेवल फण्ड” को एकाईमा आज माघ २ गतेदेखि आवेदन दिन सकिने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन यो फण्डको आजबाट सार्वजनिक निष्काशन भएको हो। एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो छैठौँ योजना हो।
यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्रबोर्डबाट मंसिर २१गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधिभएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशतप्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
योजनाको सार्वजनिक निश्कासन मिति माघ २ देखि छिटोमा ५ र ढिलोमा १६गते सम्म रहनेछ । इच्छुक लगानीकर्ताहरुले (व्यक्तितथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सकिनेछ ।
लगानीकर्ताहरुले आफ्नो सी–आश्वाखाता रहेको बैंक वा मेरो शेयरमा लगईन अनलाईन आवेदन दिन सकिनेछ । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लि कोे वेव साईट तथा नेपाल धितोपत्र बोर्डको वेव साईटमा समेत राखिएको छ ।
“एनआईबिएल म्युचुअल फण्ड”अन्तर्गत यस अघि नै चार बन्दमुखी योजनातथा एक खुलामुखी योजना समेत संचालनमा रहेको “एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड ,एनआईबिएल समृद्धि फण्ड –२ तथा एनआईबिएल ग्रोथ फण्डसमेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना“एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ ।
“एनआईबिएल स्टेवल फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमाखरिद तथा बिक्री गर्न सकिने छ ।
प्रतिक्रिया