काठमाडौँ। आज बिहिबार सेयर बजार ७.२४ अंकले घटेको छ। सेयर बजार ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा आएर बन्द भएको हो।
यसदिन २९८ कम्पनीको ३ लाख ४ हजार २३ पटक भएको कारोबारमा २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको ओरालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया