वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायबल नेपाल लाइफले लाभांश वितरण गर्ने, साधारण सभा कहिले ?

अर्थलगानी
२०८० माघ ५, शुक्रबार

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्सुरेन्सले माघ २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि इन्सुरेन्सले माघ १५ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, माघ १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्सुरेन्सले माघ २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि इन्सुरेन्सले माघ १५ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, माघ १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।