काठमाडौं। कम्पनी ऐन अनुसार कम्पनीहरुले साधारणसभा गर्ने समय सकिएको छ। अन्यको तुलनामा नेप्सेमा सूचिकृत कम्पनीको वार्षिक साधारणसभालाई विशेष चाँसोको साथ हेर्ने गरिन्छ। किनभने, अरु कम्पनीले कम्पनि रजिष्ट्रारको कार्यालयलाई विलम्ब शुल्क तिर्छन् र आफ्नो सभा केहि ढिलै भएपनि गर्छन। तर, सूचिकृत कम्पनीका लगानीकर्ता भने बोनस पाउने आशमा सभा पर्खिरहेका हुन्छन।
सभा गर्ने समय सकिदासम्म सूचिकृत अधिकांश कम्पनीहरुले सभा सकेका छन्, कसैले लाभांश घोषणा गरेर बसेका छन भने केहीले लाभांश नदिने भनेर घोषणा गरेका छन्। नेप्सेमा सूचीकृत २ सय ४९ कम्पनीमध्ये ९७ ले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । सूचिकृत मध्ये ९६ वटा कम्पनीले लाभांश नदिने घोषणा गरिसकेका छन।
यी हुन लाभांश नदिने घोषणा गरेका कम्पनीहरु
वाणिज्य बैंक–५
नेप्सेमा सूचीकृत वाणिज्य बैंकमध्ये पाँचवटाले यो वर्ष लाभांश नदिने घोषणा गरेका छन। हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले लाभांश नदिने जानकारी गराएका हुन। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंकले हालसम्म लाभांश घोषणा गरेका छैनन् । बाँकी बैंकले लाभांश घोषणा गरेर साधारण सभाबाट पारित गराइसकेका छन् ।
लघुवित्त–२१
सूचीकृत लघुवित्त कम्पनीमध्ये हिमालयन, गुराँस, इन्फिनिटी, लक्ष्मी, सिवाइसी, साधना, मेरो माइक्रोफाइनान्स, गणपति, मनकामना स्मार्ट, उपकार, सामुदायिक, फरवार्ड, नाडेप, सबैको, उन्नति सहकार्य र नेरुडे लघुवित्तले लाभांश नदिने भएका छन।
त्यस्तै ग्रामीण विकास, निर्धन उत्थान, कालिका, किसान र धौलागिरि लघुवित्त वित्तीय संस्था पनि छन् । हालसम्ममा १२ लघुवित्त कम्पनीले गत आवको मुनाफाबाट लाभांश नदिने जानकारी गराएका हुन।
विकास बैंक–४
ज्योति, कामना सेवा, सिन्धु र सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । त्यस्तै नारायणी, एक्सेल, कर्णाली, कर्पोरेट र ग्रीन डेभलपमेन्ट बैंकले लाभांश तथा सभासम्बन्धि कुनै निर्णय गरेका छैनन।
फाइनान्स कम्पनी–६
यो वर्ष लाभांश नदिनेमा नेपाल, गुडविल, समृद्धि, प्रोग्रेशिभ, पोखरा र गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स रहेका छन। त्यस्तै गोर्खाज, बेस्ट, जानकी, सेन्ट्रल, मल्टिपर्पस र रिलायन्स फाइनान्सले भने हालसम्म लाभांश तथा सभाको कुनै जानकारी गराएका छैनन।
हाइड्रोपावर–४९
सूचीकृत ९१ हाइड्रोपावर कम्पनीमध्ये ४९ कम्पनीले लाभांशविना नै साधारणसभा सकेका छन् । बाँकी २९ कम्पनीले हालसम्ममा साधारणसभा र लाभांशसम्बन्धी निर्णय गरेका छैनन् ।
इन्भेष्टमेन्ट–१
यो वर्ष लगानी क्षेत्रको कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर बैंकले लाभांश नदिने जानकारी दिएको छ। दुई कम्पनीको लाभांश घोषणा र साधारणसभाको मिति तय हुन बाँकी छ ।
होटेल तथा पर्यटन–३
यस समूहअन्तर्गतका ६ ओटा कम्पनीमध्ये तीनओटाले यो वर्ष लाभाश नदिने भएका छन। कालिन्चोक दर्शन, चन्द्रागिरि हिल्स र सिटी होटलले शेयरधनीको हात खाली बनाएका हुन् ।
उत्पादन तथा प्रशोधन–२
यस समूहको ८ कम्पनीमध्ये दुईओटाले लाभांश नदिने घोषणा गरेका छन। यस समूहको बोटलर्स नेपाल बालाजु र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले लाभांश नदिने भएका छन् ।
अन्य समूह–३
अन्य समूहअन्तर्गतका कम्पनीमध्ये तीन वटाले लाभांश नदिने निर्णय गरेका छन् । मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया र नेपाल वेयरहाउजिङ कम्पनीले लाभांश नदिने निर्णय गरेका हुन् ।
निर्जीवन बीमा–२
सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये गत आवको मुनाफाबाट प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्सले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । नेपाल इन्स्योरेन्स र युनाइटेड अजोडले लाभांश घोषणा गरिसकेका छन् भने ८ निर्जीवन बीमा कम्पनीको लाभांशसम्बन्धी निर्णय हुन बाँकी छ ।
प्रतिक्रिया