वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चन्द्रागिरी हिल्सको १ करोड बढी कित्ता शेयरको लकइन अवधि आज सकिँदै

अर्थलगानी
२०८० माघ ८, सोमबार

काठमाडौँ। चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै माघ ८ गते कम्पनीको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीको १ करोड ३५ लाख संस्थापक सेयर,३ लाख ६ हजार ८१९ कित्ता स्थानिय बासिन्दाका लागि जारी सेयर र ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि निष्कासन गरिएको गरी कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले २०७७ मंसिर १७ गतेदेखि पुस १ गतेसम्म स्थानीय वासिन्दाका लागि सेयर निष्कासन गरेको थियो । त्यस्तै सर्वसाधारणका लागि(कर्मचारी समेतमा) २०७७ पुस २४ गतेदेखि पुस २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै माघ ८ गते कम्पनीको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो । कम्पनीको १ करोड ३५ लाख संस्थापक सेयर,३ लाख ६ हजार ८१९ कित्ता स्थानिय बासिन्दाका लागि जारी सेयर र ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि निष्कासन गरिएको गरी कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो । कम्पनीले २०७७ मंसिर १७ गतेदेखि पुस १ गतेसम्म स्थानीय वासिन्दाका लागि सेयर निष्कासन गरेको थियो । त्यस्तै सर्वसाधारणका लागि(कर्मचारी समेतमा) २०७७ पुस २४ गतेदेखि पुस २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।