वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी परिमार्जन भयो छ्याङदी हाइड्रोपावरको हकप्रद प्रस्ताव

अर्थलगानी
२०७९ चैत्र २२, बुधबार

काठमाडौँ। छ्याङदी हाइड्रोपावरको हकप्रद प्रस्ताव परिमार्जन भएको छ । कम्पनीले यस अघि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेकोमा अब १०० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले यस अघि फागुन १२ गतेको संचालक समितिबाट १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । नियामक निकायको निर्देशन बमोजिम हकप्रद निष्काशन अनुपात परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
कम्पनीले सुरुमा ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको २०७८ पुस ३० गते सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर कम्पनीको २०७९ फागुन १२ गते बसेको संचालक समितिको बैठकले साधारणसभा पारित गरेको सो ४० प्रतिशत हकप्रद रद्द गरि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । अब भने कम्पनीले १५० प्रतिशत हकप्रदको साटो १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। छ्याङदी हाइड्रोपावरको हकप्रद प्रस्ताव परिमार्जन भएको छ । कम्पनीले यस अघि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेकोमा अब १०० प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने जनाएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले यस अघि फागुन १२ गतेको संचालक समितिबाट १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । नियामक निकायको निर्देशन बमोजिम हकप्रद निष्काशन अनुपात परिवर्तन गरिएको कम्पनीले जनाएको छ । विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । कम्पनीले सुरुमा ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको २०७८ पुस ३० गते सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर कम्पनीको २०७९ फागुन १२ गते बसेको संचालक समितिको बैठकले साधारणसभा पारित गरेको सो ४० प्रतिशत हकप्रद रद्द गरि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । अब भने कम्पनीले १५० प्रतिशत हकप्रदको साटो १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो।