काठमाडौँ। यतिब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत जारी गर्न लागेको साधारण शेयर एनआईएमबि एस क्यापिटलले निष्काशन गर्ने भएको छ। यति ब्रुअरीले एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्तशेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यतिब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन।
अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यतिब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ । यतिब्रुअरी लिमिटेडले हालअर्ना, यति, वाईबी, शिखर लगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।
प्रतिक्रिया