वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुपर खुदी हाइड्रोको आईपीओ ग्लोबल आईएमई क्यापिटलले निष्काशन गर्ने

अर्थलगानी
२०८० माघ ११, बिहीबार

काठमाडौँ। सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई चयन गरेको हो । सम्झौतामा सुपर खुदी हाइड्रोपावरको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन।।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य सयका दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ।

वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई चयन गरेको हो । सम्झौतामा सुपर खुदी हाइड्रोपावरको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन।। कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य सयका दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो ।