काठमाडौँ। आज बिहिवार सेयर बजार ३.९४ अंकले घटेको छ। शेयर बजार ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३०४ सय कम्पनीको ९१ हजार ३६४ पटक भएको कारोबारमा १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको स्थिर रहेको छ ।
सेयर बजारमा १ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । सामलिंग पावर कम्पनी लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।
प्रतिक्रिया