वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङको बाटो खुल्यो

अर्थलगानी
२०८० माघ १२, शुक्रबार

काठमाडौँ। सर्वाेच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिन आदेश दिएको छ। एक वर्षभन्दा अगाडी दायर भएको मुद्दामा सर्वोच्च अदालतले हिमालय एयरलाइन्सको पक्षमा परमादेश दिएसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविद्या पाउने भएको हो।

सबै प्रक्रिया पूरा गरेपछि पनि नागरिक उड्डयन प्राधिकरणले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा नदिएपछि हिमालय एयरलाइन्स अदालत गएको थियो। सातामा ३५ भन्दा बढी उडान गर्ने एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पाउने निर्देशिका अनुसार सुरुमा हिमालयले यो सुविधा पाएको थियो। तर, पछि क्यानले पर्यटन मन्त्रालयको निर्देशन भन्दै नवीकरण गरिदिएन।

यसपछि हिमालय एयरलाइन्स २०७९ फागुन ४ गते अदालत गएको थियो । यस मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश द्वय मनोजकुमार शर्मा र बिनोद शर्माको इजलासले हिमालय एयरलाइन्सको पक्षमा परमादेश दिएको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको पूर्वाधार निर्माणका क्रममा हिमालय एयरले ५० करोड बढी लगानी गरिसकेको छ । उनले अदालतको आदेशको स्वागत गर्दै अब बाँकी पूर्वाधार बनाएर सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने बताएका छन् ।

प्राधिकरणले भने सर्वोच्चको आदेशको पूर्णपाठ आएपछि हिमालयलाई ेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिइने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वाेच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिन आदेश दिएको छ। एक वर्षभन्दा अगाडी दायर भएको मुद्दामा सर्वोच्च अदालतले हिमालय एयरलाइन्सको पक्षमा परमादेश दिएसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविद्या पाउने भएको हो। सबै प्रक्रिया पूरा गरेपछि पनि नागरिक उड्डयन प्राधिकरणले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा नदिएपछि हिमालय एयरलाइन्स अदालत गएको थियो। सातामा ३५ भन्दा बढी उडान गर्ने एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पाउने निर्देशिका अनुसार सुरुमा हिमालयले यो सुविधा पाएको थियो। तर, पछि क्यानले पर्यटन मन्त्रालयको निर्देशन भन्दै नवीकरण गरिदिएन। यसपछि हिमालय एयरलाइन्स २०७९ फागुन ४ गते अदालत गएको थियो । यस मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश द्वय मनोजकुमार शर्मा र बिनोद शर्माको इजलासले हिमालय एयरलाइन्सको पक्षमा परमादेश दिएको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको पूर्वाधार निर्माणका क्रममा हिमालय एयरले ५० करोड बढी लगानी गरिसकेको छ । उनले अदालतको आदेशको स्वागत गर्दै अब बाँकी पूर्वाधार बनाएर सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने बताएका छन् । प्राधिकरणले भने सर्वोच्चको आदेशको पूर्णपाठ आएपछि हिमालयलाई ेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिइने बताएको छ ।