वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई लाइफको खुद नाफा ९६.१४ प्रतिशतले बढ्यो, अरु वित्तीय अवस्था कस्तो?

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म आउँदा खुद नाफा ९६.१४ प्रतिशतले बढेको छ। यस त्रैमाससम्म कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जबकी गत वर्षको सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२।३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११।२० प्रतिशत बढी हो।

कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ रहेको छ।

कम्पनीको सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ। भने प्रति सेयर आम्दानी ईपीएस ११.७४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १७७.२७ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म आउँदा खुद नाफा ९६.१४ प्रतिशतले बढेको छ। यस त्रैमाससम्म कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जबकी गत वर्षको सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२।३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११।२० प्रतिशत बढी हो। कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ रहेको छ। कम्पनीको सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ। भने प्रति सेयर आम्दानी ईपीएस ११.७४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १७७.२७ रुपैयाँ कायम भएको छ।