काठमाडौँ। बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ। कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांश पुस २९ गते देखि शेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आइपिएस मार्फत जम्मा गरिदिएको हो ।
बैंक विवरण अद्यावधिक गर्न गराउन बाँकी रहेका योग्य शेयरधनीहरुले लाभांश रकम हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराएपछि मात्र लाभांश रकम जम्मा हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले लाभांश रकम शेयरधनीहरुको बैंक खातामा आईपिएस मार्फत जम्मा गर्दा लाग्ने शुल्क सम्बन्धीत शेयरधनी स्वयमले नै ब्यहोर्नु पर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया