काठमाडौँ। नेपाल राष्ट्र बैंकको एक अध्ययनले स्टार्टअप विजनेशको लागि बैंक तथा वित्तीय संस्थाबाट लोन लिने मात्रै १६ प्रतिशत रहेको देखाएको छ। नेपाल राष्ट्र बैंकले एसएमई फाइनान्सिङ रिपोर्ट–२०१९ अनुसार यस्तो तथ्यांक देखिएको उदृत गरेको हो।
रिपोर्ट अनुसार सबैभन्दा बढी ३३ प्रतिशत स्टार्टअपले विजनेशको लागि पुजीँ पैतृक सम्पत्तीबाट जुटाउने गर्छन्। दोस्रोमा २५ प्रतिशत व्यक्तिगत बचतबाट, तेस्रोमा ८ प्रतिशत अनअफिसियल कर्जा, रेमिट्यान्स आम्दानीबाट ६.८० प्रतिशत, सहकारीबाट ५.९० प्रतिशत, अन्यबाट ३.९० र भेन्चर क्यापिटल एन्भेष्टिमेन्टबाट जम्मा ०.५० प्रतिशत पुजीँ जुटाई स्टार्टअप विजनेश गरेको पाईएको हो।
उक्त रिपोर्ट अनुसार २५.८० लाख रुपैयाँभन्दा कमको ऋण रहेको छ।
प्रतिक्रिया