वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी दुई कम्पनीको शेयरमूल्य समायोजन, कति कायम भयो नयाँ मूल्य?

अर्थलगानी
२०८० माघ १५, सोमबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

रिलायबल नेपाल लाइफले साधारण सभा तथा लाभांश वितरण र अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरीदिएको हो।

यस दिन नेप्सेले रिलायबल नेपाल लाइफको १६ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । योसँगै इन्स्योरेन्सको शेयरमूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर समायोजन भएको छ। समायोजपश्चात कम्पनीको शेयरमूल्य १९० रुपैयाँ १० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा रिलायबल नेपाल लाइफको शेयरमूल्य ५७७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो भने अरुण भ्यालीको २८० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माघ २९ गते, सोमबार, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

अरुण भ्यालीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो। रिलायबल नेपाल लाइफले साधारण सभा तथा लाभांश वितरण र अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरीदिएको हो। यस दिन नेप्सेले रिलायबल नेपाल लाइफको १६ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । योसँगै इन्स्योरेन्सको शेयरमूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ। त्यस्तै अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर समायोजन भएको छ। समायोजपश्चात कम्पनीको शेयरमूल्य १९० रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा रिलायबल नेपाल लाइफको शेयरमूल्य ५७७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो भने अरुण भ्यालीको २८० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माघ २९ गते, सोमबार, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। अरुण भ्यालीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।