काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको पुस महिनाको वित्तीय विवरण सार्वजनीक भएको छ। सार्वजनीक विवरण सानिमा म्युचुअल फण्डका तीनवटै योजना नाफामा देखिएका छन।
कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। मंसिरको तुलनामा पुसमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।
सानिमा इक्वीटी फण्ड
पुसमा इक्विटी फन्डको सूचिकृत शेयरमा लगानी बढेको छ। मंसिरिमा १ अर्ब ७ करोड ४७ लाख रहेकोमा पुसमा बढेर १ अर्ब ८ करोड ३० लाख पुगेको छ।
पुस महिनामा बैंकको मुद्धतीमा लगानी बढाएको छैन। यता डिबेन्चर तथा बोण्डमा भने पुस महिनामा लगानी घटाएको छ। यस्तो लगानी मंसिरमा १० करोड ७८ लाख गरेकोमा पुसमा आउँदा मात्रै १० करोड २६ लाखमा संकुचन भएको छ।
सार्वजनिक निष्काशन, हकप्रद र बोनशको लगानी पनि ४५ करोडबाट बढेर ५३ करोडमा पुगेको छ।
यसरी यो योजनाको कुल लगानी बढेर पुसमा १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ थियो। गत मंसिरमा ३ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने १ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यसको प्रतिएकाई खुद मुल्य पुसमा ११.०२ रहेकोमा पुसमा आउँदा ११.४३ पुगेको छ।
सानिमा ग्रोथ फण्ड
पुसमा ग्रोथ फण्डको भ्याभ ११.०६ रुपैयाँ रहेको छ। जबकी मंसिरमा ग्रोथ फन्डको १०.४१ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर ११.०६ रुपैयाँ कायम भएको छ।
समिक्षा अवधिमा यो फण्डले सूचिकृत शेयरमा लगानी बढाएको छ भने सार्वजनिक निष्काशनमा कम गरेको छ। त्यस्तै बैंकको मुद्दती निक्षेप र डिबेन्चरमा भने मंसिरकै लगानी स्थिर रहेको छ। यसरी यो योजनाको कुल लगानी पनि बढेर पुसमा ५५ करोड ९४ लाख रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी ५२ करोड ५१ लाख रुपैयाँ थियो। गत मंसिरमा ९० लाख ५७ हजार रुपैयाँ नाफा गरेको यो योजनाले पुसमा ५ करोड ३० लाख रुपैयाँ कमाएको छ।
सानिमा लार्ज क्याप फण्ड
मंसिरमा लार्ज क्याप फन्डको ९.५८ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर १०.०९ रुपैयाँ कायम भएको छ। यो फण्डले सूचिकृत शेयरमा लगानी बढाएको छ भने सार्वजनिक निष्काशनमा कम गरेको छ। त्यस्तै बैंकको मुद्दती निक्षेप र डिबेन्चरमा भने मंसिरकै लगानी स्थिर रहेको छ। यो योजनाको कुल लगानी बढेर पुसमा १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो। गत मंसिरमा २ करोड ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने ३ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
प्रतिक्रिया