काठमाडौँ। हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा मिति तय गरेको छ। इन्स्योरेन्सको सभा बिहीबार माघ १८ गते सिल्भर ओक बेंक्वेट गैरीधारा काठमाडौं हुन लागेको हो।
सभाले अघिल्लो आर्थिक वर्ष २०७८–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
हिमालयन लाइफ इन्सुरेन्स साविकका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्सुरेन्स एक आपसमा मर्ज भएर बनेको एक कम्पनी हो। यसले आव २०७८–७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साथै साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया