काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा शतप्रतिशतसम्म विलम्ब शुल्क छुट दिने भएको छ। कम्पनीबाट जारी भएका बीमालेखमा समयमा नवीकरण बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरुमा शतप्रतिशतसम्म विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको हो ।
नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नु पर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु माघ १६ गतेदेखि २५ गतेसम्म नविरकरण गरेमा बिलम्ब शुल्कमा सत प्रतिशतसम्मको छुट हुने इन्स्योरेन्सले जनाएको छ।
इन्स्योरेन्सले ३ सम्म व्यतित भएका बिमालेखमा सतप्रतिशत छुट दिने भएको हो। त्यस्तै तीन वर्षदेखि ५ वर्षसम्म व्यतित बिमालेखमा ५० प्रतिशत, पाँच देखि सात वर्षसम्म व्यतित बिमालेखमा ३५ र ७ वर्ष माथिदेखि जतिसुबै अवधिको व्यतित बिमालेखमा पनि ब्याज र जरीवानामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ।
विलम्ब शुल्क छुट बीमा अवधि भरी एक पटक मात्र पाईने भएकाले यहि मौकामा नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय गर्न कम्पनीले आग्रह गरेको छ। थप जानकारी आवश्यक परेमा नजिकको शाखा र उपशाखा कार्यालयमा तथा अभिकर्ताहरुसँग सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया