काठमाडौँ। हिमालयन एभरेष्ट ईन्स्योरेन्सले मूल्य घटाएर नेपाल पुनर्बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थागत शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो।
यस अघि गत मसिंर २६ गते कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँका दरले बिक्रीका लागि सूचना निकालेको थियो । आज माघ १६ गते सोहि शेयर बिक्रीका लागि न्यूनतम मूल्य २८० तोकेर पुन सूचना प्रकाशित गरेको छ ।
कम्पनीका अनुसार न्यूनतम १ लाख देखि बढीमा २० लाख कित्ता खरिद गर्न सकिने छ । जसकालागि यो सूचना सार्वजनिक भएको १५ दिन अर्थात माघ फागुन २ गतेसम्म कम्पनीको केन्द्रिय कार्यलयमा निवेदन दिन कम्पनीले अनुरारोध गरेको छ ।
रितपूर्वक प्राप्त निवेदनहरु मध्येवाट शेयर बाँडफाँडको लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिईने र तत्पश्चात् बाँडफाँड हुन बाँकी शेयर अन्य आवेदनकर्तालाई बाँडफाँड गर्ने जनाइएको छ ।
आवेदन दिन आवश्यक कागजातहरु :
१. न्यूनतम १,००,००० कित्ता र वढीमा २०,००,००० कित्तासम्म नेपाल पूनर्वीमा कम्पनी लिमिटेडको सस्थापक शेयर न्युनतम मूल्य प्रति कित्ता रु २८० नघट्ने गरि खरिद गर्न चाहेको निवेदन । उक्त शेयर खरिद गरिसकेपछि व्यक्ती, एकाघरको परिवार, समूह तथा संस्थाको नाममा उक्त कम्पनीको शेयर १५ प्रतिशत भन्दा वढि नहुने स्वघोषणा पत्र ।
२. नेपाली नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. कालोसूचीमा नभएको प्रमाण ।
४. गत आर्थिक वर्ष सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
५. आयश्रोत खुल्ने कागजात ।
६. पूर्ण रुपमा भरेको नेपाल वीमा प्राधिकरणवाट तोकिएको विवरण फाराम ९अनुसूची ४००
७. संस्थाको हकमा प्रवन्धपत्र, नियमावली, प्यान दर्ता, कम्पनी दर्ता र वित्तीय विवरण ।
प्रतिक्रिया