काठमाडौँ। नेपाल पुनर्बिमा कम्पनीले आज (माघ १६ गते) देखि हिमालयन एभरेष्ट इन्सुरेन्सको स्वामित्वमा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा अब जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवश्यक कागजपत्रसहित थापागाँउ स्थित कार्यालयमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया