वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँडफाँड भयो सर्वोत्तम सिमेन्टको आईपीओ

अर्थलगानी
२०८० माघ १७, बुधबार

काठमाडौँ। सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका यसको आईपीओमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १४ जनाको आवेदन रद्द भएको र कुल ३३ हजार ८ सय १० जना मात्र शेयर पाउन योग्य रहेका थिए ।

माग भन्दा बढीको आवेदन परेकोलेगोलाप्रथबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो । बुक विल्डिंगको नियममा नै न्युनतम ५० कित्ता शेयर बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेकोले गोलाप्रथाबाट न्युनतम ५० कित्ता शेयर पर्ने गरि बाँडफाँड गरिएको हो ।

कम्पनीले सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि२ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। बुक बिल्डिंग विधिबाट निष्कासन गरिएको आईपीओको मूल्य प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्ने थिए । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि छुट्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका यसको आईपीओमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १४ जनाको आवेदन रद्द भएको र कुल ३३ हजार ८ सय १० जना मात्र शेयर पाउन योग्य रहेका थिए । माग भन्दा बढीको आवेदन परेकोलेगोलाप्रथबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो । बुक विल्डिंगको नियममा नै न्युनतम ५० कित्ता शेयर बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेकोले गोलाप्रथाबाट न्युनतम ५० कित्ता शेयर पर्ने गरि बाँडफाँड गरिएको हो । कम्पनीले सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि२ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। बुक बिल्डिंग विधिबाट निष्कासन गरिएको आईपीओको मूल्य प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्ने थिए । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि छुट्याएको छ ।