काठमाडौँ। नेरुडे लघुवित्त वित्तीय संस्थाले यो वर्षका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ११ गते सभा गर्ने भएको हो।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने छ। अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज हुनेछ । तसर्थ, माघ २३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन ।
प्रतिक्रिया