काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरको लकइन अवधि सकिएको छ। लघुवित्तका अनुसार यहि माघ १६ गते लकइन अवधि सकिन लागेको हो।
२०७८ चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरू समेतमा) निष्काशन तथा विक्री खुल्ला गरी मिति २०७९–०१–०९ गत्ते बाँडफांड गरेको थियो।
कम्पनीको संस्थापक शेयर धनीहरुलाई बांडफांड गरिएको शेयर लक इनमा राख्नु पर्ने व्यवस्था भए बमोजिम लक इनमा राखिएको र उक्त शेयर मिति माघ १६ लक इनको समायावधि समाप्त भएको छ।
यस संस्थापक शेयरधनीहरूको लक इनमा रहेको शेयर संस्थापकहरू शेयरधनीहरुलाई बाँडफाँड गरिएको शेयर संख्या ४ लाख २० हजार रहेको छ।
प्रतिक्रिया