काठमाडौँ। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको छ। कम्पनीले सतप्रतिशत हकप्रद निष्काशन गर्न मुक्तिनाथ क्यापिटललाई चयन गरेको हो।
कम्पनीले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
प्रतिक्रिया