वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपर तामाकोशीको लिलामी सेयर बाँडफाँट

अर्थलगानी
२०८० माघ १८, बिहीबार

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ ।

प्रारम्भिक बाँडफाँट अनुसार कम्पनीको लिलामी सेयरको कट अफ प्राइस पनि १ रुपैयाँले बढेर १४७ रुपैयाँ आएको जानकारी दिइएको छ । यसअघि कट अफ प्राइस १४६ रुपैयाँ आएको जानकारी दिइएको थियो ।

यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम सोमबार ९माघ २२ गते० बाट फिर्ता दिन सुरु गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अपर तामाकोशीको लिलामी सेयर भर्दा ७ अर्ब रुपैयाँ बढी जम्मा भएको छ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ । प्रारम्भिक बाँडफाँट अनुसार कम्पनीको लिलामी सेयरको कट अफ प्राइस पनि १ रुपैयाँले बढेर १४७ रुपैयाँ आएको जानकारी दिइएको छ । यसअघि कट अफ प्राइस १४६ रुपैयाँ आएको जानकारी दिइएको थियो । यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम सोमबार ९माघ २२ गते० बाट फिर्ता दिन सुरु गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अपर तामाकोशीको लिलामी सेयर भर्दा ७ अर्ब रुपैयाँ बढी जम्मा भएको छ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।