वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै, को–कसले दिन पाईन्छ आवेदन ?

अर्थलगानी
२०८० माघ १९, शुक्रबार

काठमाडौँ। कुमारी क्यापिटलले माघ २८ गतेबाट कुमारी सबल योजना नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्दै छ । क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने कुमारी सबल योजना नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक कुमारी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा छिटोमा फागुन २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन १३ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना र कुमारी सुनौलो योजना नामक खुलामुखी योजना संचालन गरिरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी क्यापिटलले माघ २८ गतेबाट कुमारी सबल योजना नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्दै छ । क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने कुमारी सबल योजना नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक कुमारी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा छिटोमा फागुन २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन १३ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ । हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना र कुमारी सुनौलो योजना नामक खुलामुखी योजना संचालन गरिरहेको छ ।