बर्दिया । नेपाल लघुवित्त बैंकर्स संघ आयोजना र लघुवित्त मिलन केन्द्र भुरीगाँउ, बर्दियाको सह–आयोजानमा लुम्बिनी प्रदेश अन्र्तगत बर्दियाको भुरीगाँउमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नपा, मधुवन नपा, बारबर्दिया नपा कार्यक्षेत्र भएका लघुवित्तहरुको करिब ५०० जना लघुवित्तका सेवाग्राही सदस्यहरुको सहभागीतामा वित्तीय साक्षरता तथा जनचेतनामूलक र्याली भुरीगाँउ चोक बाट सुरु भई भुरीगाँउ बजार परिक्रमा गरि स्थनिय रोयल एडभेन्चर होटलमा जम्मा भई औपचारी कार्यक्रमका विच समापन भएको थियो ।
नेपाल लघुवित्त बैंकर्स संघका कोषध्यक्ष एवम उन्नती सहकार्य लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक ज्युको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मनुसा टिका सिंह थापा बहुमुखी क्याम्पस, भुरीगाँउ, बर्दियाका क्याम्पस प्रमुख युवराज अधिकारी ,विशिष्ठ अतिथि ग्रामिण लघुवित्त वित्तीय संस्थाका प्र.का.अ. श्याम कुमार कटुवाल, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका प्र.का.अ. देव सिंह विष्ट, इलाका प्रहरी कार्यलय भुरीगाँउ बर्दियाको प्रहरी निरिक्षक पवन पछाई, बिभिन्न बैकका शाखा प्रमुखहरु, बिभिन्न सहकारी संस्थाका प्रतिनिधी लगाएत बिभिन्न २५ वटा लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख, इलाका÷अनुगमन प्रमुख, शाखा प्रमुख र कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन लघुवित्त मिलन केन्द्रका उपाध्यक्ष एवम सुर्योदय वोमि लघुवित्तका शाखा प्रमुख दिपक महराले गरेका थिए। कार्यक्रममा लघुवित्त मिलन केन्द्रका अध्यक्ष एवम अभियान लघुवित्तका शाखा प्रमुख दिपक बहादुर बोहराले लघुवित्त मिलन केन्द्रका तर्फ बाट मन्तब्य राखेका हुन्।
कार्यक्रममा सम्बोधन गर्नु हुदै प्रमुख अतिथी अधिकारीले लघुवित्त बैकर संघले वित्तीय साक्षरता कार्याक्रम आयोजना गरेको धन्यवाद दिनु हुदै ग्रामिण क्षेत्रको सदस्यहरुलाई बेलाबेलामा अभिमुखीकरण कार्यक्रम गर्नु पर्ने साथै सदस्यहरुले पनि कर्जा सदुपयोग गरि आम्दानी बृद्धि गर्ने तर्फ अग्रसर हुनु पर्नेमा जोड दिए।
कार्यक्रममा ग्रामिण बिकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले लघुवित्तको बर्तमान अवस्था, बचतको महत्व, कुल कर्जा लगानी, कुल बचत, कुल कर्मचारी संख्या, महिला उद्यमशीलतामा लघुवित्तले गरेका महत्वपूर्ण कामहरुको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका कोषध्यक्ष एवम उन्नती सहकार्य लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले लघुवित्तले १५ प्रतिशत भन्दा धेरै ब्याज र १.५ बढी सेवा शुल्क नलिएको भन्दैे अनावश्यक भ्रम फैलाउनेहरु को पछि नलाग्न अनुरोध गरे। सेवाग्राही सदस्यहरुलाई वास्तविक समस्या भए संस्थालाई बताउन सुझाव दिएका थिए ।
प्रतिक्रिया