वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफामा उछाल, कस्तो छ ६ महिनाको प्रगति विवरण?

अर्थलगानी
२०८० माघ २२, सोमबार

काठमाडौँ। सूर्यज्योति लाइफ इन्सुरेन्सले पुस मसान्तसम्म आउँदा नाफामा उल्लेख्य वृद्धि गरेको छ। इन्स्योरेन्सले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ६२.९३ प्रतिशतको वृद्धि भएको पाईएको हो।

वित्तीय विवरण अनुसार समिक्षा अवधिमा इन्स्योरेन्सले खुद नाफा २३ करोड ६६ लाख रुपैयाँ कमाएको छ। जबकी गत वर्षको यसैअवधिमा कम्पनीको यस्तो मुनाफा १४ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले लगानीबाट आम्दानी बढाएसँगै खुद नाफामा वृद्धि भएको देखिन्छ। अर्थात कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै खुद बिमा शुल्कमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ। यो अवधिमा खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सको कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सूर्यज्योति लाइफ इन्सुरेन्सले पुस मसान्तसम्म आउँदा नाफामा उल्लेख्य वृद्धि गरेको छ। इन्स्योरेन्सले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ६२.९३ प्रतिशतको वृद्धि भएको पाईएको हो। वित्तीय विवरण अनुसार समिक्षा अवधिमा इन्स्योरेन्सले खुद नाफा २३ करोड ६६ लाख रुपैयाँ कमाएको छ। जबकी गत वर्षको यसैअवधिमा कम्पनीको यस्तो मुनाफा १४ करोड ५२ लाख रुपैयाँ रहेको थियो । कम्पनीले लगानीबाट आम्दानी बढाएसँगै खुद नाफामा वृद्धि भएको देखिन्छ। अर्थात कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै खुद बिमा शुल्कमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ। यो अवधिमा खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।