काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६१ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १.४५ प्रतिशतले कम हो । यस संस्थाले गत वर्षको पुससम्म २ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी १५ करोड ९९ लाखबाट घटेर १२ करोड २३ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा सामान्य असर परेको हो । यसको इम्पेयमेन्ट चार्ज ५ करोड ४२ लाखबाट घटेर १ करोड १८ लाख रुपैयाँ कायम भएको छ । महुलीको सञ्चालन नाफा १.४६ प्रतिशतले घटेर ३ करोड ७३ लाख रुपैयाँमा झरेको छ ।
यस लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २३ करोड १९ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) १६ रुपैयाँ २० पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १९५ रुपैयाँ ६६ पैसा छ ।
यसको वितरणयोग्य नाफा ७ करोड ६३ लाख रुपैयाँ रहेको छ । यसले उक्त रकमबाट २३.७० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
प्रतिक्रिया