काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।
विवरण अनुसार अनुसार गत आर्थिक वर्षको पुससम्म कमाएको नाफाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनाको नाफामा १२.९० प्रतिशतले वृद्धि भएको देखिएको हो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।
यो अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.१३ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड माथि पुगेको छ। इन्स्योरेन्सको कुल आम्दानी पनि यो अवधिमा १०.७१ प्रतिशतले बढेर २९ अर्ब ५४ करोड ८२ लाख पुगेको छ।
गत वर्षको तुलनामा इन्स्योरेन्सले खुद दाबी भुक्तानी पनि १०.८८ प्रतिशतले बढाएको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२।८६ गुणा रहेको छ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया