काठमाडौँ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर(५, तनहुँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सबैको र साधना लघुवित्त संस्थाबीच गाभ्ने–गाभिने प्रयोजनका लागि दुवै कम्पनीको चल अचल सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेनदको आधारमा र सयुक्त मर्जर समतिको सिफारिसको आधारमा सबैको लघुवित्तले १:१ को अनुपातको स्वाप रेसियोमा मर्जर गर्नका लागि स्वीकृति दिने सम्बन्धमा छलफल हुनेछ ।
मर्जरपछि बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त रहने सम्बन्धमा प्रस्ताव पेश हुनेछ । साथै, मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन ४ गते बुक क्लोज गर्दैछ। तसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया