वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लबिम मलको वार्षिक कारोबार साढे ३४ करोड

अर्थलगानी
२०८० माघ २४, बुधबार

काठमाडौँ। ललितपुरको पुल्चोकमा अवस्थित ललितपुर विशालबजार मल्टिप्लेक्स कम्पनी प्रालि (लबिम मल) ले आर्थिक वर्ष २०२३ मा ३४ करोड ५५ लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०२२ मा २८ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आव २०२२ को तुलनामा २०२३ मा कम्पनीको आम्दानी ६ करोड ४ लाख अर्थात् २१।१८ प्रतिशतले बढेको हो ।

कम्पनीको वार्षिक आम्दानीमा आएको सुधारसँगै ह्रासकट्टी, अर्मोटाइजेशन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ६९ प्रतिशत रहेको छ । जुन आव २०२२ मा ६४ प्रतिशत थियो ।

लबिम मलको अकुपेन्सीमा भएको वृद्धि र त्यहाँ अवस्थित आउटलेटहरुले बिक्री गर्ने सामाग्रीहरुमा मानिसहरुको विश्वसनीयता भएकाले पनि मानिसहरुको चाप बढेको देखिन्छ । कुल १ लाख ९१ हजार वर्गफीट जग्गामा निर्माण भएको सो मलमा हाल १५० बढी पसलहरु रहेका छन् । सन् २०२३ मा मलको अकुपेन्सी दर ९५ प्रतिशत थियो । सन् २०२२ मा मलको अकुपेन्सी दर ९३ प्रतिशत थियो । अकुपेन्सी दरमा भएको वृद्धि र भाडादर बढ्दा कम्पनीको नाफा बढेको छ ।

यस्तै लबिम मलमा प्रख्यात सिनेमा थिएटर–क्युएफएक्स समेत छ । जसकारण ललितपुर र आसपासको क्षेत्रका मानिसहरु फिल्म हेर्न मल जाने गरेका छन् । यसरी कम्पनीको आम्दानी वार्षिक रुपमा बढ्दै गएको छ ।

कम्पनीले ८१ करोड २२ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ७३ करोड ७५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ७ करोड ४७ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीमा चार व्यक्तिहरुको लगानी रहेको छ । राजेश कुमार सिद्धीको ३७ प्रतिशत, नकीम उद्दीनको २६ प्रतिशत, भास्कर ढुङ्गानाको २० प्रतिशत, रेशु अर्याल ढुङ्गानाको १७ प्रतिशत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेश कुमार सिद्दी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। ललितपुरको पुल्चोकमा अवस्थित ललितपुर विशालबजार मल्टिप्लेक्स कम्पनी प्रालि (लबिम मल) ले आर्थिक वर्ष २०२३ मा ३४ करोड ५५ लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२२ मा २८ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आव २०२२ को तुलनामा २०२३ मा कम्पनीको आम्दानी ६ करोड ४ लाख अर्थात् २१।१८ प्रतिशतले बढेको हो । कम्पनीको वार्षिक आम्दानीमा आएको सुधारसँगै ह्रासकट्टी, अर्मोटाइजेशन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ६९ प्रतिशत रहेको छ । जुन आव २०२२ मा ६४ प्रतिशत थियो । लबिम मलको अकुपेन्सीमा भएको वृद्धि र त्यहाँ अवस्थित आउटलेटहरुले बिक्री गर्ने सामाग्रीहरुमा मानिसहरुको विश्वसनीयता भएकाले पनि मानिसहरुको चाप बढेको देखिन्छ । कुल १ लाख ९१ हजार वर्गफीट जग्गामा निर्माण भएको सो मलमा हाल १५० बढी पसलहरु रहेका छन् । सन् २०२३ मा मलको अकुपेन्सी दर ९५ प्रतिशत थियो । सन् २०२२ मा मलको अकुपेन्सी दर ९३ प्रतिशत थियो । अकुपेन्सी दरमा भएको वृद्धि र भाडादर बढ्दा कम्पनीको नाफा बढेको छ । यस्तै लबिम मलमा प्रख्यात सिनेमा थिएटर–क्युएफएक्स समेत छ । जसकारण ललितपुर र आसपासको क्षेत्रका मानिसहरु फिल्म हेर्न मल जाने गरेका छन् । यसरी कम्पनीको आम्दानी वार्षिक रुपमा बढ्दै गएको छ । कम्पनीले ८१ करोड २२ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ७३ करोड ७५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ७ करोड ४७ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीमा चार व्यक्तिहरुको लगानी रहेको छ । राजेश कुमार सिद्धीको ३७ प्रतिशत, नकीम उद्दीनको २६ प्रतिशत, भास्कर ढुङ्गानाको २० प्रतिशत, रेशु अर्याल ढुङ्गानाको १७ प्रतिशत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेश कुमार सिद्दी रहेका छन् ।