आज बुधबार सेयर बजार ४.९२ अंकले बढेको छ। शेयर बजार ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३१३ सय कम्पनीको ६५ हजार ४६३ पटक भएको कारोबारमा ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ५ कम्पनिले सकारात्मक सर्किट हानेका छन् । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, इस्टर्न हाइड्रोपावर लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।
आज कारोबारमा आएका मध्ये १६८ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया