वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चन्द्र ढकालले गरे महासंघको अध्यक्षको पद बहाली

अर्थलगानी
२०८० बैशाख ३, आईतवार

काठमाडौँ। व्यावसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षको पदभार सम्हालेका छन्।
पद बहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरे।

पद वहाली पश्चात अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्ने बताए।

सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको भन्दै यसले महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको बताए।
पद वहाली पश्चात अध्यक्ष ढकालले सचिवालयका कर्मचारीहरुलाई संवोधन गरे। महासंघ सचिवालय र महासंघ अन्तरगतका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने हुुंदा सचिवालयबाट सोही अनुसारको सहयोगको अपेक्षा आफुले गरेको बताए।
निर्वाचित टिम र सचिवालय एकै स्वर र लक्ष्यकासाथ हिड्न सकेमात्र महासंघले उचाई लिने हुंदा सिंगो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिवद्धताका साथ सहयोग गर्न आग्रह गरे।
कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशनका रूपमा संचालन गर्ने उनले स्पष्ट पारे।

निर्देशनको क्रममा अध्यक्ष ढकालले भने–‘मैले यस अघि पनि तपाईहरूबाट निरन्तर सहयोग पाउंदै आएको र अध्यक्षको कार्यकालमा पनि सोही अनुसारले पाउने अपेक्षा गरेको छुु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि हार्दिक धन्यवाद दिए। साथै उनले अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउंदै उद्योग व्यवसाय क्षेत्रमा उनको लामो अनुुभवले महासंघलाई नयां उचाईमा लैजाने विश्वास व्यक्त गरे।त्यसअघि अध्यक्ष ढकाल महासंघ सचिवालयमा आउनुहुंदा महासंघ सचिवालय प्रमुख महानिर्देशक गोकर्णराज अवस्थीको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए ।
आजै मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित बधाई दिए। तत्पश्चात अध्यक्ष ढकालले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समिति सदस्यहरुलाई सपथग्रहण गरे।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। व्यावसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षको पदभार सम्हालेका छन्। पद बहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरे। पद वहाली पश्चात अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्ने बताए। सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको भन्दै यसले महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको बताए। पद वहाली पश्चात अध्यक्ष ढकालले सचिवालयका कर्मचारीहरुलाई संवोधन गरे। महासंघ सचिवालय र महासंघ अन्तरगतका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने हुुंदा सचिवालयबाट सोही अनुसारको सहयोगको अपेक्षा आफुले गरेको बताए। निर्वाचित टिम र सचिवालय एकै स्वर र लक्ष्यकासाथ हिड्न सकेमात्र महासंघले उचाई लिने हुंदा सिंगो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिवद्धताका साथ सहयोग गर्न आग्रह गरे। कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशनका रूपमा संचालन गर्ने उनले स्पष्ट पारे। निर्देशनको क्रममा अध्यक्ष ढकालले भने–‘मैले यस अघि पनि तपाईहरूबाट निरन्तर सहयोग पाउंदै आएको र अध्यक्षको कार्यकालमा पनि सोही अनुसारले पाउने अपेक्षा गरेको छुु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’ कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि हार्दिक धन्यवाद दिए। साथै उनले अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउंदै उद्योग व्यवसाय क्षेत्रमा उनको लामो अनुुभवले महासंघलाई नयां उचाईमा लैजाने विश्वास व्यक्त गरे।त्यसअघि अध्यक्ष ढकाल महासंघ सचिवालयमा आउनुहुंदा महासंघ सचिवालय प्रमुख महानिर्देशक गोकर्णराज अवस्थीको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए । आजै मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित बधाई दिए। तत्पश्चात अध्यक्ष ढकालले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समिति सदस्यहरुलाई सपथग्रहण गरे।