काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सीवाइसी नेपाल लघुवित्तको खुद नाफा ११.६० प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २६।९७ प्रतिशतले घटेको छ । गत वर्ष १२ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको अहिले बढेर १३ करोड १८ लाख रुपैयाँ भएको छ ।
यस्तै, गत वर्ष यस लघुवित्तले ३ करोड ४२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा यस वर्ष घटेर २ करोड ४९ लाख रुपैयाँमा झरेको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङ र रिजर्भ कोषमा भने ३० करोड ४५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा ४।६२५ प्रतिशतबाट बढेर ४।७७ प्रतिशत पुगेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ २४ पैसाबाट घटेर १५ रुपैयाँ ८४ पैसा ९वार्षिक० कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३२ पैसा छ ।
प्रतिक्रिया