वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वाभिमान लघुवित्त घाटामा, प्रतिसेयर आम्दानी कति ?

अर्थलगानी
२०८० माघ २६, शुक्रबार

काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्तको खुद नाफा ८०.७७ प्रतिशतले घटेर ५ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १६.८४ प्रतिशतले बढेर ३ करोड ७९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घटेको र खराब कर्जा बढेको कारण खुद नाफा प्रभावित भएको हो । यसअवधिमा यस कम्पनीले २ करोड १३ लाख ८६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । अघिल्लो वर्षमा यस कम्पनीले ४६ लाख ७२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

खराब कर्जा १.०५ प्रतिशतले बढेर ३.०९ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १९ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ । स्वाभिमान लघुवित्तको चुक्ता पुँजी १४ करोड ६१ लाख ३८ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्तको खुद नाफा ८०.७७ प्रतिशतले घटेर ५ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १६.८४ प्रतिशतले बढेर ३ करोड ७९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घटेको र खराब कर्जा बढेको कारण खुद नाफा प्रभावित भएको हो । यसअवधिमा यस कम्पनीले २ करोड १३ लाख ८६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । अघिल्लो वर्षमा यस कम्पनीले ४६ लाख ७२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । खराब कर्जा १.०५ प्रतिशतले बढेर ३.०९ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १९ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ । स्वाभिमान लघुवित्तको चुक्ता पुँजी १४ करोड ६१ लाख ३८ हजार रुपैयाँ छ ।