काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको खुद नाफा ३२.८७ प्रतिशतले घटेर १७ करोड ७७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७९ करोड ४५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३२.८७ प्रतिशतले घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ ।पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँमा छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४१ पैसाले घटेर १३ रुपैयाँ १९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ २२ पैसा छ ।
प्रतिक्रिया