काठमाडौँ। कालिन्चोक हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गरेको छ। कम्पनीले माघ २२ गते नेपाल धितोपत्र बोर्ड अनुमति माग्दै आवेदन दिएको हो।
कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको सरुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
प्रतिक्रिया