वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायबल नेपाल लाईफको साधारणसभा सम्पन्न, दुई सञ्चालक निर्वाचित

अर्थलगानी
२०८० फाल्गुन १, मंगलवार

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। माघ २९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको हो।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा गरिएको थियो।सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लावंश पारित, सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित समेत भएका छन। नवनिर्वाचित सञ्चालहरुमा डा. भिष्म कार्की र दिवेश लोहनी रहेका छन।

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। माघ २९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको हो। कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा गरिएको थियो।सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लावंश पारित, सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ । वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित समेत भएका छन। नवनिर्वाचित सञ्चालहरुमा डा. भिष्म कार्की र दिवेश लोहनी रहेका छन। यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ ।